मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कीर्तिपुरमा दिउँसै रक्तपात: धारिलो हतियार प्रहारबाट युवकको हत्या, अभियुक्त फरार

स
समाचार कक्ष
२०२६ मे ६
7
0
कीर्तिपुरमा दिउँसै रक्तपात: धारिलो हतियार प्रहारबाट युवकको हत्या, अभियुक्त फरार
सारांश
काठमाडौं । राजधानीको कीर्तिपुर क्षेत्रमा दिउँसै भएको हिंसात्मक घटनामा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा बुधबार दिउँसो करिब साढे...

काठमाडौं । राजधानीको कीर्तिपुर क्षेत्रमा दिउँसै भएको हिंसात्मक घटनामा एक युवकको ज्यान गएको छ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा बुधबार दिउँसो करिब साढे २ बजे विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल कीर्तिपुर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार साथी–साथीबीच भएको विवादका क्रममा हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको जनाएको छ। एसपी पवनकुमार भट्टराई ले अभियुक्तलाई चाँडै नियन्त्रणमा लिने भन्दै खोजी कार्य तीव्र पारिएको जानकारी दिएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार