मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

"कर्णालीको सपना अब हाम्रो सपना” - सुर्खेतबाट बालेनको भावुक सम्बोधन

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १९
6
0
"कर्णालीको सपना अब हाम्रो सपना” - सुर्खेतबाट बालेनको भावुक सम्बोधन
सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका आकांक्षी बालेन्द्र साह ले कर्णालीको सभ्यता, पहिचान र सम्भावनाला...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका आकांक्षी बालेन्द्र साहले कर्णालीको सभ्यता, पहिचान र सम्भावनालाई संरक्षण तथा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित रास्वपाको आमसभालाई सम्बोधन गर्दै उनले कर्णालीको सपना अब आफ्नो पार्टीको साझा सपना भएको घोषणा गरे। संक्षिप्त तर प्रभावशाली शैलीमा मन्तव्य राख्दै साहले कर्णालीको प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्वको चर्चा गरे।

उनले देशकै ठूलो रारा तालको प्रसंग उल्लेख गर्दै पूर्वराजा महेन्द्रले स्वर्गकी अप्सरासँग तुलना गरेको स्मरण गरे। कर्णालीमा देशकै लामो नदी, ठूलो जिल्ला र विशाल गाउँपालिका रहेको उल्लेख गर्दै यहाँको सम्भावनालाई राज्यले अझै गहिरोसँग नबुझेको टिप्पणी गरे। “त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो,” उनले दाबी गरे।

साहले कर्णालीका उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्नुपर्ने आवश्यकता औंल्याए। डोल्पामा उत्पादन हुने बहुमूल्य यार्सागुम्बा विश्वबजारसम्म पुग्न सक्ने तर कर्णालीकै स्याउ र मार्सी चामल देशका अन्य जिल्ला—जस्तै चितवन र झापा—सम्म सहजै नपुग्नु विडम्बना भएको उनले बताए। “कर्णालीको उत्पादन देशभर पुर्‍याउने पार्टी बन्न चाहन्छ रास्वपा,” उनले भने।

ऐतिहासिक सिन्जा उपत्यका सभ्यताको संरक्षणमा पनि पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कर्णालीको गरिबी र पीडालाई राजनीतिक रूपमा उपयोग गर्ने प्रवृत्तिको आलोचना गरे। “कर्णालीलाई बेच्ने धेरै आए, तर बुझ्ने नेता आएनन्,” उनको भनाइ थियो।

सम्बोधनको अन्त्यतिर उनले कर्णालीबासीको सपना सँगै अघि बढ्ने आकांक्षा व्यक्त गरे। “तपाईँहरूको सपना बोकेर जान पाउँ। त्यसको सुरुवात वाचापत्रबाट गरेका छौं। आजदेखि तपाईँहरूको सपना नै हाम्रो सपना हुनेछ,” उनले भने।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार