मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

केन्द्रीय महाधिवेशनको तयारीमा राप्रपा, ७२ जिल्लाको अधिवेशन सम्पन्न

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २३
5
0
केन्द्रीय महाधिवेशनको तयारीमा राप्रपा, ७२ जिल्लाको अधिवेशन सम्पन्न
सारांश
काठमाडौं । मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले जिल्ला र प्रदेश अधिवेशनमा व्यस्त छ। राप्रपाले ...

काठमाडौं । मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले जिल्ला र प्रदेश अधिवेशनमा व्यस्त छ।

राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको छ। त्यसअघि भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको पार्टीले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ।

हालैको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई भने विशेष समय दिँदै असोज १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने समय दिइएको छ। जुम्ला र धनकुटालाई पनि सोही समयभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न समय दिइएको छ।

जिल्ला अधिवेशनपछि राप्रपा प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। पार्टीले सातै प्रदेशको अधिवेशन असोज २१ गते एकैदिन गर्ने निर्णय गरेको छ। त्यसका लागि केन्द्रीय निर्वाचन समितिले सातै प्रदेशमा निर्वाचन प्रतिनिधिसमेत खटाइसकेको छ।

यसैबीच, राप्रपाले केन्द्रीय महाधिवेशनका लागि सक्रिय सदस्यताको विवरण संकलन र फाराम प्रविष्टिको कामलाई पनि तीव्रता दिएको छ। पार्टीले असोज १५ गतेसम्म सक्रिय सदस्यताको आवेदन तथा विवरण प्रविष्ट गर्ने समय तोकेको जनाएको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार