मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कुलमान घिसिङको घोषणा: उज्यालो नेपाल पार्टी सडकबाटै सरकार चलाउने

स
समाचार कक्ष
२०२६ मार्च २५
8
0
कुलमान घिसिङको घोषणा: उज्यालो नेपाल पार्टी सडकबाटै सरकार चलाउने
सारांश
११ चैत, काठमाडौं। उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ ले पार्टीले देशलाई समृद्धिको मार्गमा लैजान सडकबाटै आम जनताको सरकारको रूपमा काम गर्ने बत...

११ चैत, काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले देशलाई समृद्धिको मार्गमा लैजान सडकबाटै आम जनताको सरकारको रूपमा काम गर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले भने कि पार्टीले राष्ट्रियता, समस्या समाधान र समृद्धिका लागि सडकमा सक्रिय भूमिका निर्वाह गर्नेछ।

“उज्यालो नेपाल पार्टीलाई सडकमा बसेर सरकार चलाउन जनताले म्यान्डेट दिएको छ। सडकको सरकार हाम्रो पार्टीको हुनेछ। हामी देशको समस्या, विभेद र समृद्धिका लागि सडकबाटै खबरदारी गर्नेछौँ,” उनले बताए।

अध्यक्ष घिसिङले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा पार्टीको सशक्त उपस्थितिको तयारी भइरहेको पनि बताएका छन्। उनले पार्टीले घरदैलो अभियान र केन्द्रिय कमिटीको बैठकमार्फत कार्यदिशा तय गरेको उल्लेख गरेका छन्।

उनले थपे, “राम्रो कामलाई समर्थन गर्ने, खराब अभ्यास र विभेदप्रति सडकबाटै खबरदारी गर्ने हाम्रो प्रतिबद्धता हो। पार्टी चुनाव हारेर पनि अगाडि उठेको छ र आगामी दिनमा देशको समृद्धि र राष्ट्रियता सुनिश्चित गर्न सक्रिय रहनेछौँ।”


साझा गर्नुहोस्:

सम्बन्धित समाचार