मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कांग्रेस महाधिवेशनस्थलमा उम्मेदवारदेखि कार्यकर्तासम्मले यसरी गर्दैछन् प्रचारप्रसार (फोटोफिचर)

admin
admin
3 दिन अगाडि
11
20
कांग्रेस महाधिवेशनस्थलमा उम्मेदवारदेखि कार्यकर्तासम्मले यसरी गर्दैछन् प्रचारप्रसार (फोटोफिचर)
सारांश

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज उम्मेदवारहरूको दाबी-विरोध प्रक्रिया जारी छ। साथै बन्दसत्र सञ्चालनको तयारीसमेत भइरहेको छ।

<...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज उम्मेदवारहरूको दाबी-विरोध प्रक्रिया जारी छ। साथै बन्दसत्र सञ्चालनको तयारीसमेत भइरहेको छ।

आज बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गर्ने र निर्वाचन प्रक्रियाका बाँकी काम अघि बढाउने कार्यतालिका रहेको छ। भोलि मतदान गर्ने तयारी गरिएको छ।

महाधिवेशनमा उम्मेदवार तथा प्रतिनिधिहरूले आ–आफ्नो शैलीमा प्रचारप्रसार गर्दै मत मागिरहेका छन्। केही उम्मेदवारले रोबोटको प्रयोग गरेका छन् भने कतिपयले मुकुन्डो र चिम्पाञ्जीको पुत्लालगायतका माध्यम प्रयोग गरेर मतदाता आकर्षित गर्ने प्रयास गरेका छन्।

महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३, सहमहामन्त्री १५ र कोषाध्यक्ष १ गरी २४ पदाधिकारी चयन हुनेछन्। तीमध्ये सहमहामन्त्री ४ जना र कोषाध्यक्ष १ जना सभापतिले मनोनयन गर्ने भएकाले १९ पदमा निर्वाचन हुनेछ।

निर्वाचन समितिका अनुसार १९ पदका लागि ७९ जनाको उम्मेदवारी परेको छ। सभापति पदमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको र महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ। शर्मा र भुसाल दुवै हाल पार्टीका उपसभापति हुन्।

Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार