मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कांग्रेस महाधिवेशनको चौथो दिन चार प्रतिवेदन पारित गरिँदै

admin
admin
3 दिन अगाडि
9
20
 कांग्रेस महाधिवेशनको चौथो दिन चार प्रतिवेदन पारित गरिँदै
सारांश

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्रमा प्रस्तुत चारवटा प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ। असोज १८ गतेदेखि ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्रमा प्रस्तुत चारवटा प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ। असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि सोमबारदेखि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्।

बन्द सत्रमा सभापति गगन थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणसम्बन्धी समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यस्तै महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए।

बन्द सत्रको सुरुवातमा सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बिहान साढे १० बजे सुरु हुने भनिएको बन्द सत्र केही ढिला गरी सुरु हुने जनाइएको छ।

छलफलमा सात प्रदेशका प्रतिनिधिका साथै कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ। बन्द सत्र सबैका लागि खुला गरिएको जनाइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार