मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

जेनजी शहीदहरूको सम्झनामा देशभर स्मृति दिवस मनाइँदै

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ८
6
0
जेनजी शहीदहरूको सम्झनामा देशभर स्मृति दिवस मनाइँदै
सारांश
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर ‘जेनजी शहीद दिवस’ मनाइँदै छ। यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगण...


जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर ‘जेनजी शहीद दिवस’ मनाइँदै छ।

यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सरकारका विभिन्न मन्त्री तथा सांसदहरूको सहभागिता रहेको छ।

२३ भदौलाई जेनजी शहीद दिवसका रूपमा घोषणा गर्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ। गत वर्ष २३ भदौमा काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो।

घटनाको विरोधमा २४ भदौमा देशभर प्रदर्शन भएको थियो। दुई दिनको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो भने विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी र क्षति पुगेको थियो।

स्मृति दिवसका अवसरमा आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार