मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १३
5
0
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु
सारांश
सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा नगरप...


सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का २९ वर्षीय मोटरसाइकल चालक पारस थापा र पछाडि सवार ३४ वर्षीय सागर रेग्मी रहेका छन्। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान करिब २ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा दुवै जना गम्भीर घाइते भएका थिए।

उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित घोपा पठाइए पनि उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार