मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

इन्धन मूल्य नघट्ने सरकारको स्पष्ट सन्देश: ‘घाटामै बिक्री, अझै सस्तो सम्भव छैन’

स
समाचार कक्ष
२०२६ मे ५
7
0
इन्धन मूल्य नघट्ने सरकारको स्पष्ट सन्देश: ‘घाटामै बिक्री, अझै सस्तो सम्भव छैन’
सारांश
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थसहित इन्धनको मूल्य तत्काल घटाउन नसकिने स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर र...

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थसहित इन्धनको मूल्य तत्काल घटाउन नसकिने स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हालको मूल्य अन्तर्राष्ट्रिय आपूर्तिमा निर्भर भएकाले घटाउने अवस्था नरहेको बताएका छन्।

संघीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले भारतबाट आउने मूल्यअनुसार नै इन्धन बिक्री गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

उनका अनुसार सरकारले अहिले पनि खाना पकाउने ग्यास र पेट्रोलमा घाटा बेहोरेर बिक्री गरिरहेको छ। यदि पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरियो भने अहिलेभन्दा अझै महँगो हुने अवस्था आउने उनले बताए।

उपभोक्ताहरूले मूल्य घटाउन दबाब दिइरहे पनि सरकार उपभोक्तालाई थप भार नपरोस् भनेर पूर्ण स्वचालित प्रणाली लागू नगरी हालको मूल्यलाई केही नियन्त्रणमै राखिएको सचिव राउतको भनाइ छ।

त्यस्तै, नेपाल आयल निगम मुनाफामा नरहेकाले कर्मचारीलाई बोनस दिने अवस्था पनि नरहेको उनले जानकारी दिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार