मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

इनिशा विक हत्याकाण्ड: दोषीलाई फाँसीको माग गर्दै माइतीघरमा चेतावनीपूर्ण प्रदर्शन

स
समाचार कक्ष
२०२६ मार्च १७
7
0
इनिशा विक हत्याकाण्ड: दोषीलाई फाँसीको माग गर्दै माइतीघरमा चेतावनीपूर्ण प्रदर्शन
सारांश
काठमाडौँ - सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। संयुक्त नागरिक पार्टीका विद्यार्...

काठमाडौँ - सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। संयुक्त नागरिक पार्टीका विद्यार्थी र महिला विभागले मंगलबार इनिशाको न्याय सुनिश्चित गर्न सरकारसँग दबाब दिने उद्देश्यले भेला भएका थिए।

प्रदर्शनकारीहरूले समाजमा बढ्दो जघन्य अपराध रोक्न र पीडित परिवारलाई तत्काल न्याय दिलाउन माग गर्दै प्लेकार्डहरू प्रदर्शन गरे, जसमा ‘इनिशाको हत्यारालाई कारबाही गर’, ‘बलात्कारको अन्त्य गर’, ‘सुरक्षित समाज बनाऊ’ र ‘बलात्कारीलाई फाँसीको सजाय हुने कानुन बनाऊ’ जस्ता नाराहरू लेखिएका थिए।

आन्दोलनकारीहरूले महिलामाथि बढ्दो हिंसाप्रति राज्य मौन बस्नु नहुने चेतावनी दिँदै भने, “पीडित परिवारले न्याय नपाए र अपराधी कानूनी सजाय नपाएसम्म आन्दोलन रोकिने छैन।”

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी इनिशा विकको पोस्टमार्टम रिपोर्टले उनलाई बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाएको छ।

यस प्रकरणमा प्रहरी अनुसन्धान जारी राखेको छ र शंकास्पद व्यक्तिहरूको खोजी तीव्र बनाएको छ। तर प्रदर्शनकारीहरूले अनुसन्धान प्रक्रियामा ढिलाइ हुन सक्ने आशंका व्यक्त गर्दै निरन्तर दबाब जारी राख्ने बताएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार