मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

हर्मुजमा इरानको दोहोरो सन्देश: मित्रलाई खुला, अमेरिकी गठबन्धनलाई ‘बमको चेतावनी’

स
समाचार कक्ष
२०२६ मार्च २६
7
0
हर्मुजमा इरानको दोहोरो सन्देश: मित्रलाई खुला, अमेरिकी गठबन्धनलाई ‘बमको चेतावनी’
सारांश
काठमाडौँ - इरानले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलघाँटी मित्र राष्ट्रहरूका लागि खुला राखिएको स्पष्ट पारेको छ, तर अमेरिका र उसका सहयोगी देशहरूका लागि...

काठमाडौँ - इरानले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलघाँटी मित्र राष्ट्रहरूका लागि खुला राखिएको स्पष्ट पारेको छ, तर अमेरिका र उसका सहयोगी देशहरूका लागि भने कडा प्रतिबन्ध कायम गरेको जनाएको छ।

इरानी विदेशमन्त्री अब्बास अरागचीका अनुसार चीन, रुस, भारत, पाकिस्तान र इराकजस्ता देशहरूका तेल बोकेका जहाजहरूलाई हर्मुजमार्ग प्रयोग गर्न अनुमति दिइएको छ। मुम्बईस्थित इरानी कन्सुलेटमार्फत सार्वजनिक गरिएको बयानमा इरानले अमेरिकासहितका गठबन्धन देशहरूलाई भने यो मार्ग प्रयोग गर्न नदिने चेतावनी दिएको छ।

इरानले जबर्जस्ती प्रवेश गर्न खोजे कडा प्रतिकार गरिने र आवश्यक परे सैन्य कारबाहीसम्म गर्न सकिने संकेतसमेत दिएको छ। विश्वव्यापी तेल तथा ग्यास आपूर्तिको मुख्य मार्ग मानिने हर्मुज जलघाँटी इरानको तटीय क्षेत्र हुँदै जाने भएकाले यसको रणनीतिक महत्व उच्च छ।

इजरायल र अमेरिकासँगको तनाव चर्किएपछि इरानले यो मार्ग बन्द गरेको हो। यस क्रममा केही जहाजमाथि आक्रमणका घटनाहरू समेत सार्वजनिक भएका छन्।

यता, अमेरिका भने हर्मुज पुनः खुलाउन असफल भएपछि कडा चेतावनीको साटो युद्धविराम र वार्ताको प्रस्ताव अघि सारेको बताइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार