मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

होर्मुज स्ट्रेटमा इरानको दाबी: ‘भविष्यको निर्णय तेहरान र ओमानकै हातमा’

स
समाचार कक्ष
२०२६ अप्रिल २
7
0
होर्मुज स्ट्रेटमा इरानको दाबी: ‘भविष्यको निर्णय तेहरान र ओमानकै हातमा’
सारांश
काठमाडौं, १९ चैत । इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज स्ट्रेटको भविष्य निर्धारण गर्ने अधिकार केवल इरान र ओमानसँग...

काठमाडौं, १९ चैत । इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज स्ट्रेटको भविष्य निर्धारण गर्ने अधिकार केवल इरान र ओमानसँग रहेको बताएका छन्।

बुधबार दिएको आफ्नो अभिव्यक्तिमा उनले उक्त समुद्री मार्गबारे निर्णय बाह्य शक्तिहरूले नभई सम्बन्धित दुई देशले मात्रै गर्ने स्पष्ट पारे। अरागचीको यो भनाइ विभिन्न मुलुकमा रहेका इरानी दूतावासहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

भारतस्थित इरानी दूतावासले पनि उक्त सन्देश साझा गर्दै भारतीय नागरिक र स्वार्थ सुरक्षित रहेको दाबी गरेको छ। उसले अर्को सन्देशमा “भारतीय मित्रहरू सुरक्षित छन्, चिन्ता लिनु पर्दैन” भन्ने आशय व्यक्त गरेको छ।

होर्मुज स्ट्रेटको नियन्त्रण र प्रयोगको विषयलाई लिएर इरान र अमेरिका बीच तनाव चुलिँदै गएको छ। इरानमा द्वन्द्व सुरु भएयता यस समुद्री मार्गबाट सीमित रूपमा भारत, पाकिस्तान र चीनका जहाजहरूलाई मात्रै आवतजावतको अनुमति दिइएको बताइएको छ।

यो मार्ग आंशिक रूपमा बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ। विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत यही समुद्री मार्गमार्फत हुने भएकाले यसको अवस्थाले विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार