मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

घण्टी बजाएर ध्वनी प्रदूषण, झण्डा जलाएर आचारसंहिता उल्लंघन गरेको रास्वपामा राप्रपाको आपत्ति

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २२
7
0
घण्टी बजाएर ध्वनी प्रदूषण, झण्डा जलाएर आचारसंहिता उल्लंघन गरेको रास्वपामा राप्रपाको आपत्ति
सारांश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठ ले राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) माथि चुनाव आचारसंहिता उल्लंघनको...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) माथि चुनाव आचारसंहिता उल्लंघनको आरोप लगाएका छन्। श्रेष्ठले रास्वपाले जताततै घण्टी बजाएर ध्वनी प्रदूषण सिर्जना गरेको र चुनावी नियमको उल्लंघन गरेको बताएका छन्।

श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ, “निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदैछौं। घण्टी चिन्ह भएको दलले देशव्यापी रूपमा घण्टी बजाएर ध्वनी प्रदूषण गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ।”

साथै, रास्वपाले राजा वीरेन्द्रको शालिकमाथि चढेर झण्डा जलाउने लगायतका गतिविधि गरेको पनि श्रेष्ठले उल्लेख गर्दै सार्वजनिक माफी माग्नुपर्ने आवश्यकता औँल्याए।

श्रेष्ठले थपे, “खुकुरी चिन्ह भएको दलले घण्टी बजाउँदै हिँड्ने, डोजर चिन्ह भएको दलले सडक अवरुद्ध गर्ने जस्ता क्रियाकलापलाई पनि निर्वाचन आयोग स्विकार्य मान्ने हो भने गम्भीर समस्या हुनेछ।”

राप्रपाले यस्तो गतिविधि चुनावी मर्यादा र नियम उल्लंघन हुने भएकाले निर्वाचन आयोगको ध्यानाकर्षण गराउने र दोषी दलबाट सार्वजनिक माफी माग्ने बताएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार