मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

गुराँस गाउँपालिकामा भ्रष्टाचार मुद्दा: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित २ जनाविरुद्ध आरोपपत्र दायर

स
समाचार कक्ष
२०२६ अप्रिल १३
7
0
गुराँस गाउँपालिकामा भ्रष्टाचार मुद्दा: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित २ जनाविरुद्ध आरोपपत्र दायर
सारांश
काठमाडौं - दैलेखको गुराँस गाउँपालिकामा ढुङ्गा, बालुवा र गिट्टी उत्खनन ठेक्कासम्बन्धी अनियमितता प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आच...

काठमाडौं - दैलेखको गुराँस गाउँपालिकामा ढुङ्गा, बालुवा र गिट्टी उत्खनन ठेक्कासम्बन्धी अनियमितता प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।

आर्थिक वर्ष २०७८/७९ मा कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट ढुङ्गा, बालुवा तथा गिट्टी उत्खननसम्बन्धी ठेक्कामा २२ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व हिनामिना भएको आरोप लगाइएको छ।

अनुसन्धानअनुसार प्रमुख प्रशासकीय अधिकृत आचार्य र आर.के. कन्स्ट्रक्सनका सञ्चालक कार्कीबीचको मिलेमतोमा बैंक ग्यारेन्टी नलिई तथा नियमअनुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) समेत दाखिला नगरी ठेक्का सम्झौता गरिएको पाइएको छ।

सम्झौता बमोजिमको रकम तथा सरकारी राजस्व नबुझाई गाउँपालिकालाई आर्थिक हानी पुर्‍याइएको निष्कर्षसहित दुवै जनालाई प्रतिवादी बनाइएको हो।

अख्तियारले दुवै प्रतिवादीसँग जनही २२ लाख ४४ हजार ५०० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबर जरिवाना र कैद सजायको माग गरेको छ। मुद्दा विशेष अदालतमा दर्ता भइसकेको आयोगले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार