मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

गोरखामा ४ म्याग्निच्युडको भूकम्प, अहिलेसम्म क्षति विवरण छैन

स
समाचार कक्ष
२०२५ सेप्टेम्बर २
3
0
गोरखामा ४ म्याग्निच्युडको भूकम्प, अहिलेसम्म क्षति विवरण छैन
सारांश
१७ भदौ, काठमाडौं । आज बिहान गोरखामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्क) लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु गोरखा ज...

१७ भदौ, काठमाडौं ।
आज बिहान गोरखामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्क) लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु गोरखा जिल्लाको हंसपुर आसपास रहेको छ।

भूकम्प आज बिहान ६:१५ बजे (सवा ६ बजे) गएको हो र यसको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको छ।

हालसम्म कुनै मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन। तर, गोरखा प्रहरीका अनुसार सबै युनिटसँग सम्पर्क गरेर विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ।

गोरखा २०७२ सालको विनाशकारी भूकम्प (७.८ म्याग्निच्युड) को केन्द्रविन्दु भएकाले यहाँका स्थानीयहरू साना धक्काबाटै त्रसित हुने गरेका छन्। आजको भूकम्पले पनि केही क्षणका लागि स्थानीयहरू घर बाहिर निस्किएका थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार