मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

गगन थापाः सर्लाही ४ मा विकासका काम विज्ञ सुझावअनुसार गरिने”

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १३
6
0
गगन थापाः सर्लाही ४ मा विकासका काम विज्ञ सुझावअनुसार गरिने”
सारांश
सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नं ४ को विकासकार्य विज्ञहरूको सुझावअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गर...

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नं ४ को विकासकार्य विज्ञहरूको सुझावअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो अभियानअन्तर्गत मतदातासँग भेटघाटका क्रममा उनले स्थानीय आवश्यकताहरूलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकास गर्ने बताए। बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकास्थित विभिन्न वडाका मतदातासँगको संवादमा उनले आगामी पाँच वर्षमा क्षेत्रलाई भौतिक संरचना, शिक्षा र स्वास्थ्यका हिसाबले उत्कृष्ट बनाउन इच्छुक रहेको स्पष्ट पारे।

सभापति थापाले कांग्रेससँग रहेको नेतृत्व अनुभव र उत्साहको जोड दिँदै मतदातालाई सर्लाही मात्र नभई देशको नेतृत्वका लागि पनि जिम्मेवारी दिन आग्रह गरे। उनले प्रधानमन्त्री बनेपछि कार्यान्वयन गर्ने विस्तृत “प्रोजेक्ट गभर्नमेन्ट” तयार रहेको समेत बताए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार