मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

फागुन २१ को निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आह्वान- कार्की सरकारले गर्ने निर्णय

स
समाचार कक्ष
२०२६ मार्च २०
6
0
फागुन २१ को निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आह्वान- कार्की सरकारले गर्ने निर्णय
सारांश
काठमाडौं-फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने ...

काठमाडौं-फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ। यस सन्दर्भमा प्रधानमन्त्री कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएकी छन्।

एक मन्त्रीका अनुसार संघीय संसद्को अधिवेशन आह्वान गर्नका लागि मन्त्रिपरिषद् बैठक आवश्यक रहेको छ। ‘सामान्यतया नयाँ सरकारले अधिवेशन आह्वान गर्नु पर्थ्यो, तर दलहरूको अडानअनुसार चैत १६ गते अधिवेशन बोलाउनु पर्ने भएको छ,’ मन्त्रीले भने।

उनका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि तय भएको छ र संसद्को अधिवेशन आह्वान गर्दा कम्तीमा सात दिनको समय सुनिश्चित गर्नु पर्ने नियम अनुसार यस अन्तरिम सरकारले अधिवेशन आह्वान गर्नु परेको हो।

सचिवालयका एक पदाधिकारीले अनौपचारिक रूपमा तयारी थालिएको जानकारी दिँदै भने, ‘चैत १६ गतेका लागि अधिवेशन आह्वान हुने भएकाले सङ्घीय संसद् सचिवालयलाई आवश्यक तयारी गर्न जानकारी गराइएको छ।’

साझा गर्नुहोस्:

सम्बन्धित समाचार