मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

एनसेलले ‘सधैँ अन करोडपति’ योजना बन्द गर्‍यो, सहभागी ग्राहकलाई भने पुरस्कार सुनिश्चित

स
समाचार कक्ष
२०२५ जुलाई १७
5
0
एनसेलले ‘सधैँ अन करोडपति’ योजना बन्द गर्‍यो, सहभागी ग्राहकलाई भने पुरस्कार सुनिश्चित
सारांश
काठमाडौं – निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले ‘सधैँ अन करोडपति’ उपहार योजना बन्द गरेको छ। कम्पनीले नेपाल दूरसञ्चार प्...

काठमाडौं – निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले ‘सधैँ अन करोडपति’ उपहार योजना बन्द गरेको छ। कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार उक्त योजना आजदेखि औपचारिक रूपमा बन्द गरिएको जानकारी दिएको हो।

एनसेलले जारी विज्ञप्तिमा योजना स्थगनका कारण ग्राहक वर्गामा पर्न गएको असुविधाप्रति क्षमा प्रकट गरेको छ। तर, योजनाको सञ्चालन अवधिभित्र सहभागी भएका ग्राहकहरूलाई भने पहिलेको प्रतिबद्धता अनुसार विजेता घोषणा गरिने र पुरस्कार प्रदान गरिने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर बाँकी प्रक्रिया पारदर्शी रूपमा सम्पन्न गरिने आश्वासन दिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार