मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

एमालेलाई जोगाउन ‘गति अनुसार मति’ चाहिन्छ : ईश्वर पोखरेलको चेतावनी”

स
समाचार कक्ष
२०२६ अप्रिल ३
6
0
एमालेलाई जोगाउन ‘गति अनुसार मति’ चाहिन्छ : ईश्वर पोखरेलको चेतावनी”
सारांश
काठमाडौं - नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र देखिएका चुनौती र बढ्दो विवादका बीच एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले...

काठमाडौं - नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र देखिएका चुनौती र बढ्दो विवादका बीच एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले एमालेले स्थापना कालदेखि नै विभिन्न कठिन परिस्थितिहरू पार गर्दै सुसंगत विचार, सुदृढ संगठन र सामूहिक नेतृत्व प्रणालीमार्फत आफ्नो पहिचान निर्माण गरेको स्मरण गराएका छन्। वर्तमान अवस्थामा पनि ती आधारभूत मूल्य र मान्यतामै अडिग रहनुपर्ने उनको जोड छ।

पोखरेलले पार्टीले जनतामाझ स्पष्ट छवि र विश्वास कायम गर्नुपर्ने बताउँदै हाल देखिएको आन्तरिक असमझदारीले पार्टीलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

उनका अनुसार, सिद्धान्तविहीन सत्ता स्वार्थ, अवसरवाद र विधि–पद्धति विपरीतका गतिविधिहरूले संगठनलाई गम्भीर क्षति पुर्‍याउने खतरा छ। यस्ता प्रवृत्तिबाट टाढा रहँदै पार्टीलाई थप गतिशील बनाउन एकता अपरिहार्य रहेको उनले उल्लेख गरेका छन्।

विकसित राजनीतिक परिस्थितिअनुसार सोच र व्यवहारमा सुधार आवश्यक रहेको भन्दै उनले ‘गति अनुसार मति’ परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले सबै नेता, कार्यकर्ता र समर्थकलाई सचेत रहँदै एकजुट भएर पार्टीलाई सुदृढ बनाउने दिशामा लाग्न आह्वान गरेका छन्। उनका अनुसार, यही मार्ग अपनाए मात्र अहिलेको चुनौतीपूर्ण अवस्थाबाट एमालेलाई सुरक्षित राख्न सकिन्छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार