मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

‘एमालेभन्दा अघि छौँ’-प्रचण्डको दाबी, एक्लै चुनाव लडेर पहिलो दल बन्ने संकेत

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ५
7
0
‘एमालेभन्दा अघि छौँ’-प्रचण्डको दाबी, एक्लै चुनाव लडेर पहिलो दल बन्ने संकेत
सारांश
काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले नेकपा एमालेभन्दा बढी ...

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले नेकपा एमालेभन्दा बढी सिट जित्ने दाबी गरेका छन्।

पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकमा सम्बोधन गर्दै उनले यसपटक कुनै गठबन्धनबिना एक्लै निर्वाचनमा होमिएर पहिलो दल बन्ने सम्भावना बलियो बन्दै गएको बताए।

बैठकमा प्रचण्डले एमालेसँग सम्भावित तालमेलको चर्चा निराधार रहेको स्पष्ट पार्दै जनताबाट तिरस्कृत र अस्वीकृत शक्तिसँग कुनै पनि अवस्थामा गठबन्धन वा चुनावी सहकार्य नहुने प्रष्ट पारेको एक केन्द्रीय नेताले जानकारी दिए।

उक्त बैठकमा सहसंयोजक माधव नेपालले पनि एमालेसँग तालमेलको सम्भावना अस्वीकार गर्दै पार्टी एक्लै चुनावी मैदानमा उत्रने पक्षमा धारणा राखेका थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार