मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

एक सातामै चाँदी १७% वृद्धि, सुनको मूल्य स्थिर

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २५
7
0
एक सातामै चाँदी १७% वृद्धि, सुनको मूल्य स्थिर
सारांश
काठमाडौँ – पछिल्लो एक सातामा चाँदीको मूल्यमा करिब १७ प्रतिशत वृद्धि भएको छ। गत बुधबार प्रतितोला ४,८८० रुपैयाँ रहेको चाँदी आज ५,७१५ रुपैयाँ पुगेको छ। आ...

काठमाडौँ – पछिल्लो एक सातामा चाँदीको मूल्यमा करिब १७ प्रतिशत वृद्धि भएको छ। गत बुधबार प्रतितोला ४,८८० रुपैयाँ रहेको चाँदी आज ५,७१५ रुपैयाँ पुगेको छ।

आजको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १३० रुपैयाँले वृद्धि भएको हो, अघिल्लो दिन चाँदी ५,५८५ रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य भने आज स्थिर रहँदा, विगत एक सातामा करिब ४.७ प्रतिशत वृद्धि भएको छ। गत बुधबार प्रतितोला ३,०४,००० रुपैयाँमा कारोबार भएको सुन आज ३,१४,८०० रुपैयाँमा कारोबार भइरहेको छ।

माघ १५ गते सुनको मूल्य प्रतितोला ३,३९,००० रुपैयाँसम्म पुगेर हालसम्मकै उच्च स्तरमा पुगेको थियो, त्यसयता केही घटेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार