मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

डिजिटल पार्लियामेन्ट प्लाटफर्मको उद्घाटन, संसदीय कामकारबाही डिजिटल बनाउने लक्ष्य

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १६
5
0
डिजिटल पार्लियामेन्ट प्लाटफर्मको उद्घाटन, संसदीय कामकारबाही डिजिटल बनाउने लक्ष्य
सारांश
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले डिजिटल पार्लियामेन्ट प्लाटफर्मको उद्घाटन गरेका छन्। सिंहद...


प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले डिजिटल पार्लियामेन्ट प्लाटफर्मको उद्घाटन गरेका छन्।

सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष दाहालले संयुक्त रूपमा प्लाटफर्मको उद्घाटन गरेका हुन्।

संसदीय कामकारबाहीलाई प्रविधिमैत्री, पारदर्शी, प्रभावकारी तथा नागरिकमैत्री बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लाटफर्म निर्माण गरिएको जनाइएको छ।

यसअन्तर्गत डिजिटल पूर्वाधार, डेटा सेन्टर, नेटवर्क, साइबर सुरक्षा, ई–लेजिस्लेसन तथा संसदीय अभिलेखलाई डिजिटल आर्काइभमा सुरक्षित गर्ने विषयलाई प्राथमिकतामा राखिने बताइएको छ।

डिजिटल पार्लियामेन्टलाई प्रविधि खरिदमा मात्र सीमित नराखी नेपालको संसदीय अभ्यासलाई डिजिटल युगअनुकूल रूपान्तरण गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्नेमा पनि जोड दिइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार