मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

चितवनमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, तीन जना नियन्त्रणमा

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २
7
0
चितवनमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, तीन जना नियन्त्रणमा
सारांश
चितवन - आज चितवनमा प्रदर्शनका लागि भेला भएको दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच झडप भएको छ। निर्धारित कार्यक्रमभन्दा फरक ढंगले सभा गर्न खोजेपछि...

चितवन - आज चितवनमा प्रदर्शनका लागि भेला भएको दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच झडप भएको छ। निर्धारित कार्यक्रमभन्दा फरक ढंगले सभा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो।

प्रहरी प्रशासनबाट मौखिक अनुमति लिएर भरतपुरको साझा बसपार्कबाट र्याली सुरु गरेको प्रसाईं समूह चौबीसकोठीसम्म पुगेपछि फर्किने कार्यक्रम तय गरिएको थियो। तर, समूहले बाटोमै सभा गर्न खोज्दै सडक अवरुद्ध गरेपछि प्रहरीले रोक्न प्रयास गर्दा दुवै पक्षबीच लछारपछार भएको प्रहरीको भनाइ छ।

चितवन प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार प्रसाईं समूहलाई चौबीसकोठीसम्म र्यालीका लागि मात्र अनुमति दिइएको थियो। “र्यालीपछि बाटो नै बन्द गरेर सभा गर्न खोज्दा प्रहरीले हस्तक्षेप गर्नुपर्‍यो,” उनले भने।

प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार ५ देखि ७ सयको संख्यामा रहेका प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरेपछि अवस्था नियन्त्रणमा लिन समूहलाई तितरबितर पारिएको हो। घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार झडपका क्रममा कुनै पनि पक्षका व्यक्तिहरू घाइते भएका छैनन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार