मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

चितवनमा गैंडाको आक्रमणमा एक जनाको मृत्यु

स
समाचार कक्ष
२०२६ जनवरी ६
3
0
चितवनमा गैंडाको आक्रमणमा एक जनाको मृत्यु
सारांश
चितवन । चितवनमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँस...

चितवन । चितवनमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला स्थानीय ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैंडाले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार गैंडाको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि प्रहरी र सम्बन्धित निकायले आवश्यक अनुसन्धान तथा सुरक्षा सतर्कता अपनाएको जनाइएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार