मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

चितवन–३ मा रेनु दाहालको दाबी: ‘जनताको माया र विश्वासले थप जिम्मेवार बनायो’

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १६
7
0
चितवन–३ मा रेनु दाहालको दाबी: ‘जनताको माया र विश्वासले थप जिम्मेवार बनायो’
सारांश
काठमाडौं, ४ फागुन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेनु दाहाल ले चुनावी अभियानका क्रममा आफूले व्यापक जनसमर्थन पा...

काठमाडौं, ४ फागुन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेनु दाहालले चुनावी अभियानका क्रममा आफूले व्यापक जनसमर्थन पाएको दाबी गरेकी छन्।

घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै उनले सामाजिक सञ्जालमार्फत् आम मतदाताबाट प्राप्त माया, विश्वास र साथले आफूलाई थप उत्साहित बनाएको उल्लेख गरेकी छन्। प्रतिनिधिसभा उम्मेदवारका रूपमा मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहँदा जनताको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनको भनाइ छ।

उनले चितवन क्षेत्र नम्बर ३मा मतदातासँगको संवादलाई प्राथमिकतामा राख्दै विगतमा भरतपुर महानगरपालिकाको मेयरका रूपमा नौ वर्ष काम गर्दा देखाएको प्रतिबद्धता र इमान्दारिताकै आधारमा जनताबाट स्नेह पाइरहेको विश्वास व्यक्त गरेकी छन्।

निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले परिणाम जे आए पनि स्वीकार गर्न आफू तयार रहेको स्पष्ट पार्दै उनले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएकी छन्। लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा समेत उनले जोड दिएकी छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार