मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

चीनले यार्लुङ जाङ्बो नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् परियोजनाको शिलान्यास गर्‍यो

स
समाचार कक्ष
२०२५ जुलाई २१
4
0
चीनले यार्लुङ जाङ्बो नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् परियोजनाको शिलान्यास गर्‍यो
सारांश
चिनियाँ प्रधानमन्त्री ली छ्याङले तिब्बतबाट बग्ने यार्लुङ जाङ्बो (ब्रह्मपुत्र) नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् परियोजनाको शिलान्यास गरेका छन्। श...

चिनियाँ प्रधानमन्त्री ली छ्याङले तिब्बतबाट बग्ने यार्लुङ जाङ्बो (ब्रह्मपुत्र) नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् परियोजनाको शिलान्यास गरेका छन्। शनिबार तिब्बतको दक्षिणपूर्वी सहर निङ्चीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री लीले परियोजनाको औपचारिक सुरुआत गरेका हुन्, चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

यो जलविद्युत् परियोजनाबाट वार्षिक ३०० अर्ब किलोवाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ, जुन चीनकै अहिलेसम्मको सबैभन्दा ठूलो परियोजना थ्री गर्जेज ड्यामको उत्पादनभन्दा तीन गुणा बढी हो। परियोजना सम्पन्न गर्न करिब १६७ अर्ब अमेरिकी डलर लागत लाग्ने बताइएको छ।

यार्लुङ जाङ्बो नदी तिब्बतबाट बग्दै भारत र बंगलादेश पुग्दा क्रमशः ब्रह्मपुत्रको नामले चिनिन्छ। परियोजनाको पानी आपूर्ति र वातावरणीय असरप्रति भारत र बंगलादेशले गम्भीर चासो व्यक्त गरेका छन्।

चीनले यो आयोजना सन् २०२० मै आफ्नो पञ्चवर्षीय योजनामा समावेश गरेको थियो। गत डिसेम्बरमा परियोजना निर्माणको औपचारिक स्वीकृति दिइएको थियो।

चिनियाँ परियोजनाप्रति प्रतिक्रिया दिँदै भारतले पनि ब्रह्मपुत्र नदीमै अर्को जलविद्युत् आयोजना अघि बढाउने घोषणा गरेको छ। भारतमा चिनियाँ परियोजनाले पानीको पहुँचमा प्रभाव पार्न सक्ने तथा रणनीतिक दबाबको साधन बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार