मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बुद्ध जयन्तीमा ओलीको सन्देश: “सबैको अन्तर्मनमा करुणाको दीप बलोस्”

स
समाचार कक्ष
२०२६ मे १
6
0
बुद्ध जयन्तीमा ओलीको सन्देश: “सबैको अन्तर्मनमा करुणाको दीप बलोस्”
सारांश
काठमाडौं - शान्तिका अग्रदूत सिद्धार्थ गौतम को २५७०औँ जन्मजयन्तीको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले स्वदेश तथा विदेशमा रहेका सबैमा शुभकाम...

काठमाडौं - शान्तिका अग्रदूत सिद्धार्थ गौतम को २५७०औँ जन्मजयन्तीको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले बुद्धका सत्य, अहिंसा, करुणा र शान्तिका उपदेशहरू आजको विश्व परिस्थितिमा अझ बढी सान्दर्भिक रहेको बताएका छन्।

अध्यक्ष ओलीले बुद्धको जन्म, बोधि प्राप्ति र महापरिनिर्वाण एउटै वैशाख शुक्ल पूर्णिमाका दिन भएको ऐतिहासिक महत्व स्मरण गर्दै यस दिनले मानव सभ्यतामा करुणा र शान्तिको उज्यालो फैलाएको उल्लेख गरेका छन्।

उनले करिब २६५० वर्षअघि यसै दिन मानव इतिहासले करुणाको नयाँ अध्याय प्रारम्भ गरेको भन्दै बुद्धको शिक्षाले विश्वलाई शान्ति र सहअस्तित्वको मार्ग देखाएको बताएका छन्।

साथै, उनले विश्वका सबै देशहरूबीच आपसी शान्ति, सहिष्णुता र मैत्रीभाव कायम रहोस् भन्ने कामना पनि व्यक्त गरेका छन्।

ओलीको सन्देशमा भनिएको छ, “सबैको अन्तर्मनमा करुणाको दीप बलोस्।”

साझा गर्नुहोस्:

सम्बन्धित समाचार