बुटवल — भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ। बाढीले थप तीन घरमा क्षति पुर्याएको छ।
गए रातिको बाढीले बुटवल उपमहानगरपालिका–११, टप मजुवाका दुर्गा बानियाँ र उनका छिमेकीको घर बगाएको हो।
बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्याएको छ।





