मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बालेनको चुनावी अभियानमा स्वास्थ्य संकट: अछाममा अचेत अभियन्ता सेनाको हेलिकप्टरबाट काठमाडौं रिफर

स
समाचार कक्ष
२०२६ जनवरी ३०
6
0
बालेनको चुनावी अभियानमा स्वास्थ्य संकट: अछाममा अचेत अभियन्ता सेनाको हेलिकप्टरबाट काठमाडौं रिफर
सारांश
१६ माघ, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्...

१६ माघ, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम पुगेका एक व्यक्ति अचानक अचेत भएका छन्। उनको अवस्था गम्भीर भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

नुवाकोट स्थायी घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि तत्काल उद्धारको व्यवस्था गरिएको हो।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सुर्खेतबाट मगाइएको सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए।
“सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं,” बुढाले अनलाइनखबरसँग बताए।

सिटौला काठमाडौंबाटै बालेनसँगै चुनावी अभियानमा सहभागी हुँदै अछाम पुगेका थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार