मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बालेन शाहले उद्योगी–व्यवसायीसँग छलफल गर्दै, अर्थतन्त्र चलायमान बनाउने उपायमा जोड

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ११
6
0
बालेन शाहले उद्योगी–व्यवसायीसँग छलफल गर्दै, अर्थतन्त्र चलायमान बनाउने उपायमा जोड
सारांश
प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरि...


प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरिरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने विषयमा पनि छलफल केन्द्रित छ। साथै, लगानी बढाउन र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने उपायबारे उद्योगी–व्यवसायीका सुझाव लिइँदैछ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार