मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बालेन अनुपस्थित: राज्यव्यवस्था समितिको बैठक बस्न नपाउँदै स्थगित

स
समाचार कक्ष
२०२६ मे ४
6
0
बालेन अनुपस्थित: राज्यव्यवस्था समितिको बैठक बस्न नपाउँदै स्थगित
सारांश
काठमाडौं - प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि सोमबार बस्न नपाउँदै स...

काठमाडौं - प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि सोमबार बस्न नपाउँदै स्थगित गरिएको छ।

बिहान ११ बजेका लागि तय गरिएको बैठकमा समितिको कार्यक्षेत्रभित्र पर्ने विषयहरूमा छलफल गर्ने कार्यसूची रहेको थियो। तर, प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरू उपस्थित हुन नसक्ने अवस्था बनेपछि बैठक अघि नबढाइएको हो।

समिति सचिव सहसचिव कान्छा दुलालका अनुसार समितिमा मन्त्रीको उपस्थिति बिना बैठक सञ्चालन गर्ने परम्परा छैन। समितिको कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, रक्षा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका निकाय पर्ने भएकाले सम्बन्धित पदाधिकारीको अनुपस्थिति बैठक स्थगितको मुख्य कारण बनेको हो।

प्रधानमन्त्री शाहले हाल गृह र रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका छन् भने अन्य सम्बन्धित मन्त्रीहरूको पनि पूर्वनिर्धारित कार्यक्रम रहेकाले बैठक स्थगित गर्नुपरेको सचिवालयले जनाएको छ।

समिति सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको स्पष्ट पारेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार