मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीमा पनि धक्का महसुस

स
समाचार कक्ष
२०२६ जुलाई २२
7
0
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीमा पनि धक्का महसुस
सारांश
बैतडी, ६ साउन — बझाङ केन्द्रबिन्दु भएर मंगलबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४...

बैतडी, ६ साउन — बझाङ केन्द्रबिन्दु भएर मंगलबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे बझाङको कोट्देवल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको धक्का बझाङसहित बैतडीका केही स्थानमा समेत महसुस गरिएको स्थानीयवासीले बताएका छन्।

हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षति भएको कुनै विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार