मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भियतनामको हालोङ खाडीमा डुंगा दुर्घटना, २८ जनाको मृत्यु, १४ बेपत्ता

स
समाचार कक्ष
२०२५ जुलाई २१
3
0
भियतनामको हालोङ खाडीमा डुंगा दुर्घटना, २८ जनाको मृत्यु, १४ बेपत्ता
सारांश
भियतनामको उत्तरपूर्वी क्षेत्रमा रहेको चर्चित पर्यटकीय गन्तव्य हालोङ खाडीमा शनिबार भएको डुंगा दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ। खराब मौसमका कार...

भियतनामको उत्तरपूर्वी क्षेत्रमा रहेको चर्चित पर्यटकीय गन्तव्य हालोङ खाडीमा शनिबार भएको डुंगा दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ। खराब मौसमका कारण डुंगा पल्टिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटनामा परेका यात्रुहरूमध्ये धेरैजसो राजधानी हनोईबाट आएका भियतनामी पर्यटक रहेको पुष्टि गरिएको छ। घटनापछि सुरु गरिएको खोज तथा उद्धार अभियान अझै जारी छ, तर लगातारको भारी वर्षाका कारण उद्धारकर्मीहरूलाई कठिनाइ भइरहेको बताइएको छ।

कम्तीमा १४ जना अझै बेपत्ता रहेका छन्। उद्धार टोलीहरू खाडी क्षेत्रमा खोज कार्यमा खटिएका छन्, भने अधिकारीहरूले मौसम अनुकूल हुने बित्तिकै खोजीलाई तीव्र बनाउने बताएका छन्।

भियतनामका पर्यटकीय स्थलहरूमा प्रायः वर्षायाममा मौसमजन्य दुर्घटनाको जोखिम बढ्ने गरेको छ। हालोङ खाडी युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत प्राकृतिक गन्तव्य हो, जहाँ हरेक वर्ष लाखौं पर्यटक पुग्ने गर्छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार