मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक छन् : परराष्ट्रमन्त्री खनाल

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ३०
9
0
भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक छन् : परराष्ट्रमन्त्री खनाल
सारांश
परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट भएको क्षति र त्यसपछिको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो देखाएको बताएका छन्...

परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट भएको क्षति र त्यसपछिको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो देखाएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको चासो व्यक्त गरेको बताए।

महासभाका क्रममा भएका साइडलाइन तथा द्विपक्षीय भेटवार्तामा भोटेकोशी बाढीबाट नेपालमा परेको क्षतिबारे गम्भीर चासो व्यक्त भएको उनले जानकारी दिए। नेपाललाई परेको कठिनाइमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषय विभिन्न औपचारिक तथा अनौपचारिक भेटवार्तामा उठेको उनको भनाइ छ।

खनालका अनुसार बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न विभिन्न राष्ट्र तथा निकायले रुचि देखाएका छन्। साथै, नेपालले भोगिरहेको जलवायु संकट र त्यसबाट सिर्जित विपद्प्रति पनि अन्तर्राष्ट्रिय समुदाय गम्भीर रहेको उनले बताए।

उनले संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन तथा नेपाली प्रतिनिधिमण्डलका उच्चस्तरीय भेटवार्ताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय हित र जलवायु न्यायको मुद्दालाई थप सशक्त रूपमा प्रस्तुत गर्न सहयोग पुगेको बताए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार