मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनमा सरकार

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ३०
16
1
भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनमा सरकार
सारांश
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको छ। त्यसप...


भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको छ। त्यसपछि सरकारले विद्युत आपूर्तिको वैकल्पिक व्यवस्थापनको तयारी थालेको छ।

बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत अवरुद्ध भएपछि ती प्रसारण लाइनमा थप चाप परेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार वैकल्पिक आपूर्ति प्रणाली विकासका लागि गृहकार्य भइरहेको छ।

नेपाल विद्युत प्राधिकरणले हिउँदमा विद्युत माग व्यवस्थापनलाई ध्यानमा राख्दै छुट्टै टास्क फोर्स बनाएर काम अघि बढाएको छ।

यसैबीच, सरकारले काठमाडौं उपत्यकामा थप भूमिगत विद्युत ग्रिड निर्माणका लागि सडक विभाग र काठमाडौं महानगरपालिकासँग छलफल गरेको छ। भूमिगत ग्रिडलाई थप व्यवस्थित गर्दै वैकल्पिक आपूर्ति प्रणाली बलियो बनाउने तयारी गरिएको हो।

छलफलमा सडक विभागले आवश्यक सहयोग गर्ने तथा काठमाडौं महानगरपालिकाले फुटपाथभित्र भूमिगत तार व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्राधिकरणका अधिकारीहरूले आगामी हिउँदमा काठमाडौंको विद्युत माग र लोड व्यवस्थापनका लागि सबै सम्बन्धित निकायबीच उच्चस्तरीय समन्वय आवश्यक रहेको बताएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार