मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भारत ‘माओवादीमुक्त’ घोषणा: अमित शाहको दाबी-रेड करिडोर पूर्ण रूपमा ध्वस्त

स
समाचार कक्ष
२०२६ मार्च ३१
6
0
भारत ‘माओवादीमुक्त’ घोषणा: अमित शाहको दाबी-रेड करिडोर पूर्ण रूपमा ध्वस्त
सारांश
काठमाडौं, चैत १७ - भारत सरकारले देशलाई माओवादी प्रभावबाट मुक्त भएको घोषणा गरेको छ। भारतीय गृहमन्त्री अमित शाहले लोकसभामा सम्बोधन गर्दै मार्च ३१ देखि भ...

काठमाडौं, चैत १७ - भारत सरकारले देशलाई माओवादी प्रभावबाट मुक्त भएको घोषणा गरेको छ। भारतीय गृहमन्त्री अमित शाहले लोकसभामा सम्बोधन गर्दै मार्च ३१ देखि भारत नक्सलवादी गतिविधिबाट पूर्ण रूपमा मुक्त बनेको दाबी गरेका हुन्।

उनले हतियार त्यागेर आत्मसमर्पण गर्ने माओवादी नेताहरूसँग वार्ताको सम्भावना खुला राखिएको बताए भने हिंसात्मक गतिविधिमा संलग्न अन्यलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्। साथै, केही बुद्धिजीवीहरूले माओवादी हिंसालाई समर्थन गर्दै गरिब समुदायलाई हतियार उठाउन प्रेरित गरिरहेको आरोप पनि उनले लगाए।

गृहमन्त्री शाहका अनुसार पछिल्लो अवधिमा ४,८३९ माओवादीले आत्मसमर्पण गरेका छन् भने करिब २,२०० जनालाई पक्राउ गरी जेल चलान गरिएको छ। त्यस्तै, सुरक्षा कारबाहीका क्रममा ७०६ जना माओवादी मारिएको तथ्यांक पनि उनले प्रस्तुत गरे।

उनले अघिल्लो कांग्रेस नेतृत्वको सरकारले नक्सलवादी गतिविधिलाई संरक्षण दिएको आरोप लगाउँदै विभिन्न राज्यहरूमा फैलिएको ‘रेड करिडोर’ समेत पूर्ण रूपमा समाप्त भएको दाबी गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार