मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गर्न मन्त्री कुलमान घिसिङ आज झापा जाँदै

स
समाचार कक्ष
२०२५ अक्टोबर १२
5
0
बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गर्न मन्त्री कुलमान घिसिङ आज झापा जाँदै
सारांश
२६ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आज झापा जाँदैछन्। असोज १८ र १९ गतेको अविरल वर्षापछि बाढी, पहिरो र डुबानबाट प्रभावित ...

२६ असोज, काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आज झापा जाँदैछन्। असोज १८ र १९ गतेको अविरल वर्षापछि बाढी, पहिरो र डुबानबाट प्रभावित कोशी प्रदेशका विभिन्न क्षेत्रको स्थलगत अवलोकनको क्रममा उनी झापा प्रस्थान गर्न लागेका हुन्।

यसअघि इलाम जिल्लाको बाढी तथा पहिरो पीडित क्षेत्रको निरीक्षण गरेका मन्त्री घिसिङ आज झापाको प्रभावित क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले जनाएको छ।

विशेषगरी झापाको कन्काई र बिरिङ खोलामा आएको बाढीले झापा गाउँपालिका लगायतका बस्तीमा गम्भीर असर पुर्‍याएको छ। डुबानमा परेका गाउँ तथा क्षतिग्रस्त संरचनाको स्थलगत निरीक्षणपछि मन्त्री घिसिङ आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

असोज दोस्रो साता परेको अविरल वर्षाले कोशी प्रदेशका इलाम, झापा, पाँचथर, मोरङ, धनकुटा, भोजपुर लगायतका जिल्लामा जनधनको ठूलो क्षति पुर्‍याएको थियो। दर्जनौं घरधुरी विस्थापित भएका छन् भने कृषियोग्य जमिन डुबानमा परेको छ।

सरकारले विपद् व्यवस्थापन तथा पुनर्स्थापना कार्यमा तीव्रता दिने प्रतिबद्धता जनाउँदै आएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार