मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

admin
admin
3 दिन अगाडि
45
40
बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए
सारांश

🔴 कोरला नाकातर्फ करिब ५०० कन्टेनर सडकमै रोकिए, दसैं–तिहारका सामान ढुवानी प्रभावित

मुस्ताङको लेतेदेखि कोरला नाकासम्म करिब ५०० कन्टेनर सडकमा ल...

मुस्ताङको लेतेदेखि कोरला नाकासम्म करिब ५०० कन्टेनर सडकमा लामबद्ध अवस्थामा रोकिएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि कन्टेनरहरू एक सातादेखि विभिन्न स्थानमा रोकिएका हुन्।

बाढी र पहिरोले क्षति पुर्‍याएको म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका क्षेत्रमा सडक मर्मत भइरहेको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने प्राविधिकहरूले बताएका छन्।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ७० भन्दा बढी कन्टेनर र १०० भन्दा बढी विद्युतीय सवारीसाधन जोमसोम बसपार्कमा रोकिएका छन्। यता कोरला नाकामा भन्सार जाँचपासका लागि करिब ३०० कन्टेनर र २०० भन्दा बढी विद्युतीय सवारीसाधन रोकिएको बताइएको छ।

बाढीपहिरोका कारण विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा कोरला भन्सारको नियमित कामसमेत प्रभावित भएको थियो। सडक सञ्चालनमा ढिलाइ हुँदा चीनबाट दसैं–तिहारका लागि ल्याइएका सामान समयमै बजारमा पुग्न नसक्ने अवस्था बनेको छ।

यसले व्यवसायी तथा उपभोक्तालाई असर पार्नुका साथै चाडपर्वको समयमा बजारमा आर्थिक गतिविधिसमेत प्रभावित हुने देखिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार