मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २८
4
0
अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी
सारांश
पहिरो र रोशी नदीको कटानका कारण अवरुद्ध बीपी राजमार्ग खुलाउन अवरोध हटाउने काम जारी छ। काभ्रेको नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ चारसयवेशी, रोशी–८ गिम्दीवेश...

पहिरो र रोशी नदीको कटानका कारण अवरुद्ध बीपी राजमार्ग खुलाउन अवरोध हटाउने काम जारी छ।

काभ्रेको नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ चारसयवेशी, रोशी–८ गिम्दीवेशी र रोशी–११ माम्तीमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो। चौकीडाँडा क्षेत्रमा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको छ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार विभिन्न स्थानमा पहिरो पन्छाउने र सडक खुलाउने काम भइरहेको छ। केही स्थानको पहिरो हटाइसकिए पनि चौकीडाँडा क्षेत्रमा काम गर्न अझै केही समय लाग्ने बताइएको छ।

खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने काम भइरहेको र असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने अधिकारीले बताएका छन्।

काभ्रेतर्फको अन्तिम खण्डमा बाढीले सडकको ठूलो हिस्सा बगाएकाले पूर्ण रूपमा काम सम्पन्न गर्न मंगलबारसम्म लाग्न सक्ने सडक डिभिजन कार्यालयका प्राविधिकहरूले बताएका छन्।

अवरुद्ध सडकको अवस्थाबारे काभ्रेका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षानिकायका प्रतिनिधिले स्थलगत निरीक्षणसमेत गरेका छन्।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार