मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

अदालतबारे संसद्‌मा रास्वपा र एमाले सांसदबीच सवाल–जवाफ

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २२
4
0
अदालतबारे संसद्‌मा रास्वपा र एमाले सांसदबीच सवाल–जवाफ
सारांश
मंगलबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपाने र नेकपा एमालेका सांसद गुरु बरालबीच सर्वोच्च अदालत...


मंगलबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपाने र नेकपा एमालेका सांसद गुरु बरालबीच सर्वोच्च अदालतको विषयलाई लिएर सवाल–जवाफ भएको छ।

सांसद न्यौपानेले पछिल्ला घटनाक्रम हेर्दा सर्वोच्च अदालत परिवर्तनको पक्षमा देखिन नसकेको टिप्पणी गरे। उनले अदालतबारे फैसला भोगेका नागरिकको अनुभवबाट पनि न्यायालयको अवस्थाबारे बुझ्नुपर्ने धारणा राखे।

न्यौपानेले न्यायालयको वर्तमान अवस्थामाथि प्रश्न उठाउँदै अदालतलाई बोकेर हिँड्दा ‘स्वस्थानीको कथाजस्तै’ ठाउँ–ठाउँमा पतन हुँदै जाने अवस्था आउन सक्ने टिप्पणी गरे।

उनको अभिव्यक्तिप्रति एमाले सांसद गुरु बरालले नियमापत्ति गर्दै प्रतिवाद गरे। बरालले नेपालको संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भूमिका छुट्टाछुट्टै निर्धारण गरेको उल्लेख गरे।

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा भएको आगजनीको प्रसंग उठाउँदै बरालले न्यायालयमाथि फेरि अनावश्यक हस्तक्षेप वा हमला गर्ने अभिव्यक्ति स्वीकार्य नहुने बताए। उनले न्यायमूर्तिमाथिको टिप्पणी सच्याउनसमेत माग गरे।

यसअघि सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीका संविधान संशोधनसम्बन्धी दुई प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशपछि पनि संसदमा न्यायालयको भूमिका र संवैधानिक सीमाबारे राजनीतिक बहस जारी छ। (onlinekhabar.com)


साझा गर्नुहोस्:

सम्बन्धित समाचार