मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

आज प्रतिनिधिसभा बैठक बस्दै, महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस हुने

स
समाचार कक्ष
२०२६ जुलाई ९
6
0
आज प्रतिनिधिसभा बैठक बस्दै, महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस हुने
सारांश
काठमाडौं, २५ असार — संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा सरकारका तर्फबाट विभिन्न प्रतिवेदन र विधेयक प्रस्तुत गर्ने ...

काठमाडौं, २५ असार — संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा सरकारका तर्फबाट विभिन्न प्रतिवेदन र विधेयक प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१–८२’ तथा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१–८२’ सभासमक्ष पेस गर्नेछिन्।

त्यसैगरी मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पनि प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजकै बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा यी विधेयक र प्रतिवेदनमाथि आवश्यक संसदीय प्रक्रिया अघि बढाइनेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार