मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

आज कार्यव्यवस्था परामर्श समिति बैठक, रसुवा–भोटेकोशी विपद्का लागि विशेष समिति गठनबारे छलफल

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २१
3
0
आज कार्यव्यवस्था परामर्श समिति बैठक, रसुवा–भोटेकोशी विपद्का लागि विशेष समिति गठनबारे छलफल
सारांश
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज मध्याह्न १२:१५ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बस्दैछ। बैठकमा रसुवा–भोटेकोशी–त्रिशूली क्षेत...


प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज मध्याह्न १२:१५ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बस्दैछ।

बैठकमा रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

भोटेकोशी विपद्पछि खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामको अनुगमन गर्न र भविष्यमा यस्ता विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकारलाई नीतिगत सुझाव दिन विशेष समिति गठन गर्ने निर्णय यसअघि भएको थियो।

प्रस्तावित समितिले विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, दिगो पूर्वाधार पुनर्निर्माण तथा विपद् व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाका विषयमा समेत काम गर्नेछ।

विशेष समिति गठनका विषयमा दलहरूबीच छलफल हुँदै आए पनि सदस्य संख्या, कार्यक्षेत्र, कार्यावधि र संयोजकबारे सहमति जुट्न बाँकी रहेको बताइएको छ।

आजको बैठकमा यही विषयलाई अघि बढाउने तयारी गरिएको छ। साथै बैठकमा अन्य विविध संसदीय विषयमा समेत छलफल हुने जनाइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार