Thursday, April 30, 2026

सुधन गुरुङमाथि छिट्टै छानबिन हुने : रवि लामिछाने


काठमाडौँ, वैशाख १६ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन प्रक्रिया सुरु हुने बताएका छन्।

सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले छानबिनको प्रकृति र प्रक्रिया सम्बन्धी विवरण पनि छिट्टै सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार गुरुङले आफूमाथि पनि निष्पक्ष छानबिन गरिनुपर्ने माग राखेका छन्।

“छानबिन प्रक्रिया चाँडै अघि बढ्छ। कस्तो ढाँचामा छानबिन हुन्छ भन्नेबारे पनि हामी छिट्टै जानकारी दिनेछौँ,” लामिछानेले भने।

गुरुङ विवादित व्यवसायीसँग व्यावसायिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। सोही प्रकरणको सत्यतथ्य छानबिनका लागि प्रक्रिया अघि बढाउन लागिएको हो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like