Thursday, April 30, 2026

सुकुमबासी मुद्दा तातियो: बस्तीमा जेन–जीको प्रदर्शन, नारायण परिश्रमी पक्राउ


काठमाडौंमा सुकुमबासी बस्ती हटाउने सरकारी तयारीविरुद्ध विरोध चर्किएको छ। जेन–जी मुभमेन्ट अलायन्सको आह्वानमा युवाहरू सुकुमबासी बस्तीमै पुगेर प्रदर्शन गरेका छन्। उनीहरूले महानगर प्रमुख बालेन शाह को नेतृत्वप्रति असन्तुष्टि जनाउँदै ‘डोजर आतंक बन्द गर’, ‘आवासको हक सुनिश्चित गर’ र ‘अदालतको आदेश पालना गर’ जस्ता नाराबाजी गरेका छन्।

प्रदर्शनकारीहरूले सुकुमबासीलाई बलपूर्वक हटाउने कार्य अन्यायपूर्ण भएको बताउँदै संविधानले सुनिश्चित गरेको आवास र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न माग गरेका छन्। उनीहरूले वास्तविक भूमिहीन र हुनेखाने छुट्याउन उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

यसैबीच, सुकुमवासी आन्दोलनसँग जोडिएका नारायण परिश्रमी (नारायण परियार) लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो।

प्रहरीका अनुसार उनी विगतमा पनि सुकुमबासी बस्ती हटाउने क्रममा विवादमा तानिएका थिए। हालको पक्राउलाई भने सरकारले बस्ती हटाउने निर्णयसँग जोडेर पनि विभिन्न कोणबाट हेरिएको छ।

यस घटनाक्रमले सुकुमबासी समस्या पुनः चर्किएको संकेत दिएको छ भने सरकार, आन्दोलनकारी र सरोकारवालाबीच तनाव बढ्ने सम्भावना देखिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like