Saturday, May 2, 2026

“साँचो क्रान्ति ज्ञानबाट शुरू हुन्छ” : बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश


काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले मानव जीवनको यात्रा ज्ञानको उज्यालोको खोज र समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

बुद्ध जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले सिद्धार्थ गौतम ले देखाएको मार्ग दुःख निवारणको बाटो भएको उल्लेख गरेका छन्। अज्ञानतालाई अँध्यारोसँग तुलना गर्दै उनले ज्ञानको प्रकाश फैलिँदा समस्याहरू स्वतः समाधानतर्फ उन्मुख हुने धारणा राखेका छन्।

उनले बुद्धका मूल उपदेश-‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र निवारणको मार्ग छ’-लाई स्मरण गर्दै विश्व शान्तिको कामना पनि व्यक्त गरेका छन्।

साथै, नेपाललाई बुद्धको जन्मभूमिका रूपमा गौरव गर्दै उनले देश सधैँ अहिंसा र शान्तिको पक्षमा उभिएको बताएका छन्। प्रधानमन्त्री शाहले ‘साँचो क्रान्ति अक्षर ‘क’ बाट नभई ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो ‘ज्ञ’ भनेको ज्ञान हो’ भन्दै शिक्षाको महत्वमा जोड दिएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like