Thursday, April 30, 2026

रोल्पाको जलजलामा दर्दनाक जिप दुर्घटना, १५ गम्भीर घाइते


काठमाडौं, १७ वैशाख । रोल्पाको थवाङ गाउँपालिका–१ स्थित जलजलामा मेला भर्न गएका यात्रुहरू सवार जिप दुर्घटनामा पर्दा १५ जना गम्भीर घाइते भएका छन्।

लु १ ज ४१६७ नम्बरको बोलेरो जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा एक जना सामान्य घाइते रहेको र अन्य सबै १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घाइतेहरूको उद्धार कार्य जारी छ। भारी वर्षाका कारण घटनास्थलमा उद्धार कार्यमा कठिनाइ भइरहेको डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्।

प्रहरीका अनुसार भोलि जलजलामा मेला लाग्ने तयारी भइरहेका बेला उक्त मेलामा सहभागी हुन जाँदै गरेका यात्रुहरू दुर्घटनामा परेका हुन्।

दुर्घटनापछि स्थानीय सुरक्षा निकाय र उद्धार टोली परिचालन गरिएको छ भने घाइतेहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थातर्फ पठाउने प्रयास भइरहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like