Thursday, April 30, 2026

लगातार तेस्रो दिन ओरालो लाग्यो सेयर बजार, नेप्से २७३८ अंकमा झर्‍यो


काठमाडौं, १७ वैशाख । नेपाली सेयर बजार लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घट्दै २७३८ अंकमा झरेको हो।

बजार खुल्नेबित्तिकै नेप्से २७०८ अंकसम्म पुगेको भए पनि त्यसपछि गिरावट केही हदसम्म सम्हालिएको देखिएको छ। अघिल्लो दिन २५ अंक र मंगलबार २६ अंकले घटेको बजारले लगातार दबाब झेलिरहेको छ।

आज कुल कारोबार रकम पनि घटेर ४ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन ४ अर्ब ९८ करोडको कारोबार भएको थियो। कुल ९८ कम्पनीको मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनी स्थिर रहेका छन्।

क्षेत्रगत रूपमा हेर्दा बैंकिङ र उत्पादन तथा प्रशोधन समूहबाहेक सबै सूचकहरू घटेका छन्। बैंकिङ ०.०२ प्रतिशत र उत्पादन तथा प्रशोधन ०.८४ प्रतिशतले बढेका हुन्। बाँकी सबै समूहका सूचकहरू १ प्रतिशतभन्दा कम दरले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ श्रीनगर एग्रिटेकको सेयर मूल्य सबैभन्दा धेरै १२.५७ प्रतिशतले बढेको छ। त्यसैगरी शिखर पावर, एसियन हाइड्रोपावर, रिभर फल्स पावर र एसवाई प्यानलका सेयरमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like