Thursday, January 15, 2026

काठमाडौं उपत्यकामा यस वर्षकै न्यूनतम तापक्रम, देशभर जाडो तीव्र


२१ पुस, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा जाडो तीव्र रूपमा बढेको छ । काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन हुँदा चिसोले जनजीवन प्रभावित बनेको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा ३.७ डिग्री सेल्सियस तथा ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । पछिल्ला दिनहरूमा पश्चिमी वायुको प्रभावका कारण चिसो अझ बढ्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढ्दै गएको अवस्थामा अनावश्यक काममा बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । विशेषगरी जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरूको तुलनामा बढी स्वास्थ्य जोखिम हुन सक्ने भएकाले न्यानो कपडा प्रयोग गर्न, बिहान–साँझ विशेष सावधानी अपनाउन र आवश्यक सतर्कता अपनाउन मन्त्रालयले सुझाव दिएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like