- by समाचार कक्ष
- Mar 06, 2025
चितवन । चितवनमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला स्थानीय ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैंडाले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार गैंडाको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि प्रहरी र सम्बन्धित निकायले आवश्यक अनुसन्धान तथा सुरक्षा सतर्कता अपनाएको जनाइएको छ ।