- by समाचार कक्ष
- Mar 06, 2025
नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान परिस्थितिमा जनअपेक्षा र प्राप्त उपलब्धिबीचको दूरी घटाउन आवश्यक रहेको बताएका छन्। उनले उक्त गुनासो समाधानका लागि लोकतन्त्रको विकल्प खोज्नु होइन, बरु अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र निर्माण गर्नु नै उचित बाटो भएको स्पष्ट पारे।
लोकतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्दै उनले संविधानको मर्मलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन्। लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिहरू जनताको दैनिक जीवनमा अनुभूत हुनेगरी कार्यान्वयन गर्नु सबैको साझा जिम्मेवारी भएको उनले उल्लेख गरे।
उनका अनुसार सुशासन, विकास र प्रभावकारी कार्यान्वयनमार्फत् मात्रै जनताको विश्वास जित्न सकिन्छ। अहिले देखिएको असन्तुष्टि समाधान गर्न प्रणालीलाई बलियो बनाउनु नै प्रमुख आवश्यकता भएको गगन थापा को धारणा छ।